०९ साउन २०८३, शनिबार

एनसेल टाइगर कप भलिबल : न्यु डायमण्ड, आर्मी र एपीएफ क्लबको विजयी शुरूआत

माघ ९, २०८२
काठमाडौं
एनसेल टाइगर कप भलिबल : न्यु डायमण्ड, आर्मी र एपीएफ क्लबको विजयी शुरूआत

पोखरामा जारी एनसेल टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन शुक्रबार पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले गण्डकी प्रदेश भलिबल संघलाई ३–१ सेटले हराएको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा एपीएफ क्लब २६–२४ अंकले अगाडि रह्यो । दोस्रो सेटको नतिजालाई पनि एपीएफ क्लबले २७–२५ अंकले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेटको नतिजालाई भने गण्डकी प्रदेश भलिबल संघले २५–१९ अंकले आफ्नो पक्षमा पार्‍यो । चौथो सेटको नतिजालाई २५–२१ अंकले आफ्नो पक्षमा पार्दै एपीएफ क्लबले खेल ३–१ सेटले जित्यो ।

त्यसअघि, पुरुषतर्फकै खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित हात पारेको थियो । आर्मी क्लबले माल्दिभ्सलाई ३–० सेटले हराएको थियो ।

खेलको प्रारम्भदेखि नै आर्मी क्लबले माल्दिभ्सलाई दबाबमा राखेको थियो । आर्मी क्लबले २५–१५, २५–२२ र २५–१० अंकले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

यसैगरी, शुक्रबार नै पोखरा रंगशालाको भलिबल कोर्टमा सम्पन्न महिलातर्फको खेलमा टिप टप न्यु डायमण्ड स्पोर्ट्स क्लब विजयी भएको थियो ।

टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमण्डले आर्मी क्लबलाई २५–१३, २६–१६ र २५–८ अंकले हराएको हो ।

प्रतियोगिताको महिलातर्फ पाँच र पुरुषतर्फ ६ टोलीको सहभागिता रहेको छ । महिलातर्फ न्यु डायमण्ड, आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र थाइल्याण्ड क्विन्स सहभागी छन् ।

पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सको टोली सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्