२३ असार २०८३, मंगलबार

श्रीलंका ‘ए’ ले नेपाललाई दियो १३३ रनको लक्ष्य

माघ १०, २०८२
काठमाडौं
श्रीलंका ‘ए’ ले नेपाललाई दियो १३३ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार जारी श्रीलंका ‘ए’ विरुद्धको खेलमा जितका लागि एक सय ३३ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३२ रन बनाएको हो ।

श्रीलंका ‘ए’ का लागि करुणारत्नेले २३ बलमा ३८ रन बनाए । डिकवेलाले पनि २७ बलमा ३३ रनको योगदान गरे ।

नेपाली टोलीका बलर शेर मल्लले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै २० रन खर्चिए ।

दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेल र नन्दन यादवले एक–एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्