२७ असार २०८३, शनिबार

गृहमन्त्री अर्यालले गरे काठमाडौंका कारागारको निरीक्षण

माघ १३, २०८२
काठमाडौं
गृहमन्त्री अर्यालले गरे काठमाडौंका कारागारको निरीक्षण

गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौंमा रहेका दुई कारागार कार्यालय; केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गरेका छन् । 

गृह सचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थापन विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि मन्त्री अर्याल पुगेका हुन् ।

उनले कारागार र कारागार अस्पतालको आवश्यक जानकारी लिई गर्नुपर्ने सुधारका लागि निर्देशन समेत दिएका छन् । मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्‍नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गरि त्यहाँ राखिएका कैदीबन्दीसँग भेटवार्ता गरे । 

त्यस्तै, कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकमा पुगी त्यहाँ राखिएका बन्दीसँग समेत भेटघाट गरि राज्यका तर्फबाट बन्दीलाई उपलब्ध गराइएका सुविधा प्राप्तिको अवस्थाबारे चासो व्यक्त गरे । 

निरीक्षणको क्रममा सम्बन्धित कारागारका कारागार प्रशासकहरूले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरूको संख्या लगायतबारे मन्त्री अर्याललाई जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्