
अष्ट्रेलियालाई पछ्याउँदै फ्रान्समा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनेबारे बहस तीव्र भएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, मंगलबार फ्रान्सेली राष्ट्रिय सभाले १५ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको हो ।
बाल बदमाशी र मानसिक स्वास्थ्यलाई यो विधेयक पेश गर्नुको कारणका रूपमा उल्लेख गरिएको थियो। विधेयक अब सिनेटमा जानेछ।
गत वर्ष डिसेम्बर १० मा, अष्ट्रेलिया १६ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बनेको थियो ।
यसअन्तर्गत, इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, टिकटक र एक्सजस्ता प्लेटफर्महरूमा बालबालिकाको खाताहरू बन्द गरिएको छ।