१४ असार २०८३, आइतबार
चार्टर्ड विमान दुर्घटना

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

माघ १४, २०८२
काठमाडौं
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ।

नागरिक उड्डयन महानिर्देशनालयले पवारको निधन भएको पुष्टि गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । 

उनी सवार विमान बुधबार बिहान बारामतीमा दुर्घटनाग्रस्त भएको थियो ।

बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उनी मुम्बईबाट निजी चार्टर्ड विमानमा यात्रा गरेका थिए । अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको थियो ।

विमानमा अजित पवारसँगै रहेका उनका निजी सहायक, सुरक्षाकर्मी र उडान कर्मचारी गरेर ६ जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ । 

पवार महाराष्ट्र पञ्चायत चुनावको लागि बारामतीमा चारवटा बैठकमा भाग लिन जाँदै थिए। 
 

salt training

कमेन्ट गर्नुहोस्