२० असार २०८३, शनिबार

पोखरामा सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

माघ १५, २०८२
काठमाडौं
पोखरामा सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

नेपाली सेनाको श्री पश्चिम पृतना पोखरामा सञ्चालन भएको 'रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

यही माघ १२ गतेबाट सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम आज समापन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समापन समारोहमा पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने २० सञ्चारकर्मीलाई बधाईसहित प्रमाणपत्र वितरण गरेका थिए ।

null

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत गराइएको थियो ।

यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास सेनाले लिएको छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्