३० असार २०८३, मंगलबार

नेपाल पुनः निर्माण कोषमा ९ लाख सहयोग

माघ १५, २०८२
काठमाडौं
नेपाल पुनः निर्माण कोषमा ९ लाख सहयोग

अमेरिकामा बस्ने नेपालीहरूको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया)ले नेपाल पुनः निर्माण कोषका लागि करिब नौ लाख बराबर सहयोग गरेको छ ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

उनले जेनजी आन्दोलनमा शहीद भएका युवाका परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई–नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराएकोमा धन्यवाद दिइन् । उनले नेपालमा अप्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीले गर्दै आएको सहयोगको सराहना पनि गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, 'जब यहाँ हामी समस्यामा हुन्छौं, कुनै विपद् वा महामारी हुन्छ, तपाईंहरू विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ । खाई–नखाई रकम जम्मा गरेर सहयोग गर्नुहुन्छ । यही हो नेपालीपन भनेको । आखिर आफ्नो देश आफ्नै हुन्छ ।'

null

salt training

कमेन्ट गर्नुहोस्