२६ जेठ २०८३, मंगलबार

कविता : शहीद

माघ १६, २०८२
काठमाडौं
कविता : शहीद

ऊ मरेको होइन, केवल हामीबीच भौतिक सालिकमा छ ।

तापनि ऊ हाम्रो घर, चोटा, चौर, खेतबारी  प्रकृतिमा छ ।

मानौं उसले मुलुक दिशानिर्देश गरेको छ ।

यसैले त देशले नयाँ ऊर्जा भरेको छ ।

ऊ अमर छ, देशको विकास स्वाभिमान र अस्तित्व जोगाउन

उसले बाटो देखाएर सहादत भयो, हामी बाटो भुल्न हुन्न ।

उसलाई सम्झेर, देशलाई गति दिँदै लम्केर बढ्नुपर्छ ।

शहीदको आत्मा त्यागमा, बहिस्कृतलाई  जोड्नुपर्छ ।

देश मातृभूमिलाई सलाम गर्दै, शहीद हाम्रो कर्ममा देखिनुपर्छ ।

दोष गाली होइन, मेलमिलाप सहनमा हामी जोडिनुपर्छ ।

प्रजातन्त्र, जनताको दाल रोटी ग्यारेन्टी गरिनुपर्छ ।

तब न शहीदको बलिदान कदर प्रमाणित ठर्हछ ।

salt training

कमेन्ट गर्नुहोस्