
ऊ मरेको होइन, केवल हामीबीच भौतिक सालिकमा छ ।
तापनि ऊ हाम्रो घर, चोटा, चौर, खेतबारी प्रकृतिमा छ ।
मानौं उसले मुलुक दिशानिर्देश गरेको छ ।
यसैले त देशले नयाँ ऊर्जा भरेको छ ।
ऊ अमर छ, देशको विकास स्वाभिमान र अस्तित्व जोगाउन
उसले बाटो देखाएर सहादत भयो, हामी बाटो भुल्न हुन्न ।
उसलाई सम्झेर, देशलाई गति दिँदै लम्केर बढ्नुपर्छ ।
शहीदको आत्मा त्यागमा, बहिस्कृतलाई जोड्नुपर्छ ।
देश मातृभूमिलाई सलाम गर्दै, शहीद हाम्रो कर्ममा देखिनुपर्छ ।
दोष गाली होइन, मेलमिलाप सहनमा हामी जोडिनुपर्छ ।
प्रजातन्त्र, जनताको दाल रोटी ग्यारेन्टी गरिनुपर्छ ।
तब न शहीदको बलिदान कदर प्रमाणित ठर्हछ ।