
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट भागेका ठगी मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका २३ वर्षीय प्रविन चौरसिया रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार चौरसियालाई गत बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ रामनगर चोकबाट पक्राउ गरिएको हो ।
चौरसियालाई ठगी मुद्दामा ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी वीरगञ्ज कारागार कार्यालय पर्सामा बुझाइएको डीएसपी बस्नेतले जानकारी दिए ।