२९ असार २०८३, सोमबार

१ सय ८५ अभिकर्तालाई नेशनल लाइफको १ दिने तालिम

माघ १८, २०८२
काठमाडौं
१ सय ८५ अभिकर्तालाई नेशनल लाइफको १ दिने तालिम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका १ दिने तालिम प्रदान गरेको छ ।

कम्पनीको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनोट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालय र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखामा आबद्ध १८५ जना अभिकर्तालाई तालिम प्रदान गरिएको हो ।

पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा भएको कार्यक्रममा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षणका क्रममा उनले एमडीआरटी, सीओटी र टीओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपाय अवलम्बन गरी फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले यस प्रकारको तालिमबाट अभिकर्ताहरूको मनोबल वृद्धि भै आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताएका थिए ।

अभिकर्ताहरूलाई उत्कृष्ट तालिम दिने गरी 'प्रेरणा, प्रगति र पेसागत उत्कृष्टता' भन्ने नारासहित कम्पनीले मासिक योजना मन्थन जारी गरेको उनले बताए । 

यो योजनामा देशैभरबाट ७०० भन्दा बढी छनोट भएका सबै अभिकर्ताहरूलाई पायक पर्ने विभिन्न स्थानमा  कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो । उनले शाखा स्तरीय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुश‍ीलप्रताप राणाले अभिकर्ताहरूलाई तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न आग्रह गरे ।​

salt training

कमेन्ट गर्नुहोस्