१२ असार २०८३, शुक्रबार

कंगोमा खानी भत्किँदा २०० भन्दा बढीको मृत्यु

माघ १८, २०८२
काठमाडौं
कंगोमा खानी भत्किँदा २०० भन्दा बढीको मृत्यु

अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा खानी भत्किँदा २०० भन्दा बढीको मृत्यु भएको विद्रोही प्रशासनले जनाएको छ ।

उत्तरी किभु क्षेत्रका विद्रोही गभर्नरका प्रवक्ता लुमुम्बा काम्बेरे मुयिसाले रुबाया शहरमा अवस्थित उक्त खानी बुधबार भारी वर्षाका कारण भत्किएको थियो । मृतकको सटीक संख्या तत्काल स्पष्ट भएको छैन ।

यो दुर्घटना हुँदा खानीमा महिला र बालबालिका पनि काम गरिरहेका थिए ।

यहाँ कोल्टन खानी भइरहेको थियो । यो स्मार्टफोन र कम्प्युटर जस्ता इलेक्ट्रोनिक उपकरणहरूको निर्माणमा प्रयोग हुने एक महत्त्वपूर्ण खनिज हो ।

एक पूर्व खानी सुपरिवेक्षकले बीबीसीलाई बताएअनुसार उक्त स्थलको उचित मर्मतसम्भार गरिएको थिएन । यसले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

मर्मतसम्भारको अभावमा दुर्घटनापछि राहत तथा उद्धार कार्यमा धेरै कठिनाइ हुने गरेको पनि उनले बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्