०७ साउन २०८३, बिहीबार

साफ यू–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

माघ २०, २०८२
काठमाडौं
साफ यू–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा
फाइल फोटो

दक्षिण एसियाली फूटबल महासंघ (साफ)ले माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिप फूटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक माल्दिभ्ससँगै भुटान र श्रीलङ्का छन् । यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा साबिक विजेता भारत, बङ्गलादेश र पाकिस्तान छन् ।

नेपालले आफ्नो उद्‌घाटन खेलमा भुटानको सामना गर्नेछ ।

यसैगरी नेपालले दोस्रो खेल मार्च २५ तारिखमा श्रीलङ्कासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल २७ मार्चमा माल्दिभ्ससँग हुनेछ ।

सिङ्गल राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

उक्त च्यापियनसिपको लागि अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले पहिलो चरणमा ८० खेलाडी छनोट गरेको छ ।

कमेन्ट गर्नुहोस्