
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनीष थापा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको एपीएफले जनाएको छ ।