१३ असार २०८३, शनिबार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

माघ २१, २०८२
ललितपुर
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
फाइल फोटो

ललितपुरको एक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका १७ बाफल भेल्पास्थित लमजुङ बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरुङले सञ्चालन गरेको गुरुङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्