०३ असार २०८३, बुधबार

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ २१, २०८२
काठमाडौं
गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

गैरकानूनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगले ढकालका साथै स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङक, सह-लेखापाल विर्षसिंह सुनार र आर्यान फार्मा नेपालगञ्जका सञ्चालक कृष्णकुमार भजुवालाई पनि प्रतिवादी बनाएको छ ।

उनीहरूले आपसी मिलेमतोमा खरिद नै नगरेको औषधि तथा उपकरणहरू खरिद गरेको भन्दै रकम हिनामिना गरेको पाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आयोगले उनीहरूविरुद्ध १ लाख ९१ हजार ८५० रुपैयाँ बिगो कायम गरेर कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।​

यस्तो छ आयोगको विज्ञप्ति : 

salt training

कमेन्ट गर्नुहोस्