११ साउन २०८३, सोमबार
विश्वकप–२०२६ विशेष

दुई वर्षअघि विश्वकप टोलीमा परेर पनि मैदानमा ओर्लन नपाएका विशेष क्षमतायुक्त बलर

माघ २२, २०८२
काठमाडौं
दुई वर्षअघि विश्वकप टोलीमा परेर पनि मैदानमा ओर्लन नपाएका विशेष क्षमतायुक्त बलर

ललित राजवंशी नेपाली राष्ट्रिय टोलीका अनुभवी स्पिन बलर हुन् । उनी गजबको क्षमता बोकेको क्रिकेटर हुन् । २६ वर्षीय ललित बायाँ हातले बलिङ गर्छन् भने दायाँ हातले ब्याटिङ । उनले राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।

ललितले आईसीसी टी–२० विश्वकपमा दोस्रो पटक राष्ट्रको प्रतिनिधित्व गर्न लागेका हुन् । यसअघि सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजित टी–२० विश्वकपको नवौं संस्करणमा पनि उनले देशको प्रतिनिधित्व गरेका थिए ।

ललितले हालसम्म ४१ एकदिवसीय अन्तर्राष्ट्रिय र ३७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ३६ पालीमा कुल ४७ विकेट लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन केवल २० रन खर्चिएर पाँच विकेट हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले एकपटक पाँच विकेट र दुईपटक चार विकेट पनि लिएका छन् ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ३७ पालीमा कूल ३६ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन केवल ६ रन खर्चिएर तीन विकेट हो ।

null

ललितले एकदिवसीयमा ४३ र टी–२० अन्तर्राष्ट्रियमा आठ रन बनाएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा नौ–नौवटा क्याच पनि लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू : ललितले सन् २०१९ को जनवरी २५ तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय पनि सन् २०२५ को नोभेम्बर ५ तारिखमा यूएईविरुद्ध नै खेलेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्यू : ललितले सन् २०१८ को जुलाई २९ तारिखमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । लर्डसमा भएको नेदरल्यान्ड्सविरुद्धको उक्त खेल भने अनिर्णित रूपमा सकिएको थियो ।

उनले टी–२० अन्तर्राष्ट्रियको आफ्नो पछिल्लो खेल सन् २०२५ को अक्टोबर १७ तारिखमा सामोआविरुद्ध खेलेका थिए । उक्त खेलमा उनले चार ओभरमा एक मेडन राख्दै केवल १३ रन खर्चिएर तीन विकेट लिएका थिए । टी–२० विश्वकपको एसियाली छनोटअन्तर्गत खेलिएको उक्त खेलमा नेपाल एक सय २४ रनको विशाल अन्तरले विजयी भएको थियो । 

प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० : ललित राजवंशीले प्रथम श्रेणीको एउटा प्रतियोगिता खेलेका छन् । उनले प्रथम श्रेणीको क्रिकेटमा एउटा विकेट पनि लिएका छन् । यसका अतिरिक्त उनले ५१ वटा लिस्ट ‘ए’ क्रिकेट पनि खेलेका छन् ।

लिस्ट ‘ए’ क्रिकेटको ४५ पालीमा उनले ५६ विकेट लिएका छन् । यो प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर पाँच विकेट हो । लिस्ट ‘ए’ क्रिकेटमा उनले एकपटक पाँच र दुईपटक चार विकेट लिएका छन् ।

null

यसैगरी, उनले हालसम्म ४० वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० क्रिकेटमा उनले ३८ विकेट पनि लिएका छन् । टी–२० मा उनको उत्कृष्ट प्रदर्शन केवल ६ रन खर्चिएर तीन विकेट हो ।

अघिल्लो विश्वकपमा प्रदर्शन : ललित राजवंशीले सन् २०२४ को आईसीसी टी–२० विश्वकप पनि खेलेका थिए । उक्त विश्वकपका लागि टोलीमा परे पनि ललितले मैदानमा ओर्लने अवसर भने पाएका थिएनन् ।

कीर्तिमान : ललित राजवंशीले सन् २०१९ को डिसेम्बर ९ तारिखमा कीर्तिपुरमा खेलिएको माल्दिभ्सविरुद्धको टी–२० अन्तर्राष्ट्रियमा चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिएका थिए ।

उनी त्यतिबेला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा सर्वोत्कृष्ट बलिङ गर्ने बलरको सूचीमा ४० खेलाडीभित्र परेका थिए ।

यो पनि पढ्नुहोस् :

१० महिनाअघि ‘डेब्यू’ गरेका प्रतिभाशाली बलिङ अलराउन्डर

पहिलो विश्वकप यात्रालाई अविस्मरणीय बनाउने तरखरमा बायाँहाते अलराउन्डर

कीर्तिमानका पर्याय प्रभावशाली लेग–स्पिनरको दोस्रो विश्वकप यात्रा

घरेलु क्रिकेटबाट सिधै विश्वकपमा ‘डेब्यू’ गर्दै दुई एनपीएल उपाधिका नायक

सोमपाल कामी : पारससँगै अन्तर्राष्ट्रिय डेब्यु, तेस्रो विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर

गुलसन झा : कम उमेरमा ‘डेब्यू’देखि एउटै खेलमा अर्धशतक र ५ विकेटको उपलब्धिसम्म

ऐतिहासिक प्रदर्शनको लक्ष्यसहित पहिलोपटक विश्वकप अभियानमा होमिएका अनुभवी खेलाडी

हजार अन्तर्राष्ट्रिय रनपछि दुई सय अन्तर्राष्ट्रिय विकेटको कोशेढुङ्गा नजिक

कहिल्यै नतोडिने कीर्तिमानदेखि ऐतिहासिक स्ट्राइक रेटसम्मको गौरवशाली यात्रा

विस्फोटक ब्याटिङ अलराउन्डर भुर्तेल– डेब्युमै 'प्लेयर अफ दि म्याच' भएका नेपाली ओपनर

आसिफ शेख : एउटै शृंखलामा सर्वाधिक रनदेखि विकेटकिपरको भूमिकामा कमालको प्रदर्शनसम्म

रोहितकुमार पौडेल : कम उमेरमा एकदिवसीय ‘डेब्यू’देखि कान्छा कप्तानसम्म

salt training

कमेन्ट गर्नुहोस्