१८ असार २०८३, बिहीबार

क्रिकेट बलले लागेर इङ्ल्यान्डका प्रभावशाली अलराउन्डर बेन स्टोक्स गम्भीर घाइते

माघ २३, २०८२
काठमाडौं
क्रिकेट बलले लागेर इङ्ल्यान्डका प्रभावशाली अलराउन्डर बेन स्टोक्स गम्भीर घाइते

इङ्ल्यान्डका चर्चित क्रिकेटर बेन स्टोक्स गम्भीर घाइते भएका छन् । इङ्ल्यान्डको टेस्ट टोलीका कप्तानसमेत रहेका स्टोक्सको अनुहारमा चोट लागेको छ ।

३४ वर्षीय स्टोक्स अभ्यासका क्रममा घाइते भएको समाचारमा जनाइएको छ । स्टोक्स आफैंले पनि सामाजिक सञ्चालमार्फत् घाइते अवस्थाको तस्वीर सार्वजनिक गरेका छन् ।

डरहमको एकेडेमीमा प्रशिक्षणका क्रममा उनको अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । उनी शनिबारदेखि शुरू हुने टी–२० विश्वकपका लागि घोषित इङ्ल्यान्डको टोलीमा भने छैनन् ।

अभ्यासका क्रममा नेटको छेउमा उभिएको बेला एक ब्याट्सम्यानले प्रहार गरेको बल उनको अनुहारमा ठोक्किएको थियो । स्टोक्स प्रभावशाली अलराउन्डर हुन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा रगतले लतपतिएको गाला र आँखा वरपर लागेको गम्भीर चोटसहितको तस्वीर पोष्ट गरेका छन् । उनको अनुहार सुन्निएको देखिन्छ ।

स्टोक्सले इन्स्टाग्राममा पोष्ट गरिएको तस्वीरको क्याप्सनमा खेलेका छन्, ‘तपाइँहरूले क्रिकेट बलको परिणाम देख्नु भयो ।’

salt training

कमेन्ट गर्नुहोस्