२२ जेठ २०८३, शुक्रबार

ए.आर. रहमानलाई साथ दिँदै कंगना रनौतलाई प्रकाश राजले के भने ?

माघ २३, २०८२
काठमाडौं
ए.आर. रहमानलाई साथ दिँदै कंगना रनौतलाई प्रकाश राजले के भने ?

प्रख्यात अभिनेता प्रकाश राजले अभिनेत्री तथा सांसद कंगना रनौतलाई लक्षित गर्दै टिप्पणी गरेका छन् । उनले कंगनाको फिल्म इमरजेन्सीको सन्दर्भ उठाएका छन् । यसलाई ए.आर. रहमानले प्रचारमुखी (प्रोपागान्डा) फिल्म भन्दै अस्वीकार गरेका थिए । यही विषयलाई लिएर प्रकाश राजले कंगनाबारे कडा प्रतिक्रिया दिएका हुन् ।

केही समयअघि ए.आर. रहमानले एक अन्तर्वार्तामा फिल्म उद्योगमा साम्प्रदायिक विभेद रहेको र त्यसकै कारण आफूलाई काम कम पाउन थालेको बताएका थिए । यस अभिव्यक्तिपछि उनले व्यापक आलोचना पनि सहनुपरेको थियो । कंगना रनौतले पनि ए.आर. रहमानको आलोचना गर्दै आफ्नो फिल्म इमरजेन्सीलाई प्रचारमुखी भन्दै अस्वीकार गरेको बताएकी थिइन् ।

ए.आर. रहमानको पक्षमा उभिए प्रकाश राज
हालै प्रकाश राजले ए.आर. रहमानमाथि भइरहेको ट्रोलिङ र कंगना रनौतको अभिव्यादप्रति प्रतिक्रिया दिएका छन् । केरल लिटरेचर फेस्टिभलमा उनले ए.आर. रहमानसँग जोडिएको पछिल्लो विवादमा मौनता तोड्दै बोले । आवाज उठाउने वा विरोध जनाउने कार्यलाई अपराधजस्तो बनाइँदै गएको सन्दर्भमा ए.आर. रहमानको उदाहरण दिँदै उनले आफ्नो धारणा राखे । 

प्रकाश राजले भने, ‘ए.आर. रहमानसँग के भइरहेको छ ? सार्वजनिक रूपमा के कुरा भइरहेको छ ? माँ तुझे सलाम, जय हो, दुईवटा अस्कर, सबैले ताली बजाए । उनले बस यति मात्र भने । जानकारीका लागि भन्नुपर्दा उनले कामका लागि भीख मागिरहेको भनेका थिएनन् । उनले त यत्ति भनेका थिए—यही सत्य हो।’

कंगना रनौतको अभिव्यक्तिमा आक्रोश
ए.आर. रहमानको बयानप्रति कंगना रनौतले आपत्ति जनाउँदै इमरजेन्सी अस्वीकार गरेको विषयमा आलोचना गरेकी थिइन् । यसमा प्रतिक्रिया जनाउँदै प्रकाश राजले भने, ‘हेर्नुस्, कस्तो जोश सुरु भयो । हेर्नुस्, कसरी भुक्न थालियो । एउटी महिला निर्देशक र अभिनेत्रीले आफूँग काम नगरेको कारण मात्र उनलाई देशद्रोही भनिरहेकी छन् । कंगना रनौत आफ्नो फिल्म इमरजेन्सीलाई क्लासिक भनिरहेकी छन् ।  ए.आर. रहमानले काम गर्न अस्वीकार गरे । वरिपरि के भइरहेको छ, ध्यान दिएर हेर्नुस् ।’

ए.आर. रहमानले आफ्नो अभिव्यक्तिप्रति माफी माग्दै आफ्ना भनाइलाई गलत अर्थ लगाइएको बताएका थिए । उनी आफ्ना गीत–संगीतमार्फत अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता गाडिसकेका कलाकार हुन् ।

 

salt training

कमेन्ट गर्नुहोस्