२२ जेठ २०८३, शुक्रबार

शाहरुख, आमिर र सलमानबारे इमरानको टिप्पणी– नयाँ पुस्ता हेर्न चाहँदैन, बताए यस्तो कारण

माघ २४, २०८२
काठमाडौं
शाहरुख, आमिर र सलमानबारे इमरानको टिप्पणी– नयाँ पुस्ता हेर्न चाहँदैन, बताए यस्तो कारण

बलिउड अभिनेता इमरान खान उत्कृष्ट अभिनयका साथै आफ्नो स्पष्ट र निडर अभिव्यक्तिका लागि पनि परिचित छन् । हालै उनी फिल्म ‘ह्याप्पी पटेलः खतरनाक जासुस’ मा देखिएका थिए। यसैबीच, सलमान खान, शाहरुख खान र आमिर खानलाई लिएर उनले दिएको अभिव्यक्ति चर्चामा आएको छ ।

इमरानको धारणा अनुसार शाहरुख, सलमान र आमिर खानले तीन दशकभन्दा बढी समय हिन्दी सिनेमामा राज गरेपनि अब सायद उनीहरूका करियरले नयाँ चरणमा प्रवेश गर्ने समय आएको छ ।

सुपरस्टारबारे इमरानले के भने ?
हालैको अन्तर्वार्तामा इमरान खानले भने,‘तीस वर्षभन्दा बढी समयदेखि दर्शकहरूले उहाँहरू (खान)लाई पूजा गर्दै आएका छन् । तर एक उमेरपछि लिड भूमिका निभाउन गाह्रो हुन्छ । समयसँगै स्टारडमको चमक पनि फिका पर्न थाल्छ ।’

उनले थपे,‘एक लिड अभिनेता हुँदा–हुँदै पनि उमेर बढ्दै जान्छ । केही वर्षसम्म मात्र लिड रोल गर्न सकिन्छ । त्यसपछि एक समय यस्तो आउँछ जब ती भूमिका सम्भव हुँदैनन् । तीनै जना खान अहिले ६० वर्ष नाघिसकेका छन् । उनीहरूले ३० वर्षको स्टारडम पाए, जसको कल्पना गर्न वा बराबरी गर्न कठिन छ । मेरो विचारमा यो स्वाभाविक प्रक्रिया हो । कुनै पनि कलाकारको यात्राको आवश्यक हिस्सा । उमेर बढेसँगै गर्ने भूमिकामा परिवर्तन आउनु स्वाभाविक हो ।’ उनले तीन खानको विरासत अतुलनीय भएपनि समयसँगै दर्शकसँगको सम्बन्ध परिवर्तन हुने बताए ।
 
बदलिँदो बक्स अफिस समीकरण
इमरानको यो टिप्पणी बक्स अफिसमा खान्स सफल हिटको खोजीमा रहेका समयमा आएको हो । जीरो (२०१८) पछि शाहरुख खानले चार वर्षको ब्रेक लिएर पठान (२०२३) र जवान (२०२३) मार्फत दमदार कमब्याक गरे । दुवै फिल्म सुपरहिट साबित भए । तर उनको तेस्रो रिलिज डंकी (२०२३) ले अपेक्षाकृत प्रभाव जमाउन सकेन ।

त्यसैगरी, आमिर खानलाई लाल सिंह चड्ढा (२०२२)ले व्यावसायिक रूपमा निराश बनायो । उनको पछिल्लो फिल्म सितारे जमीन परले परम्परागत स्टार अपिलभन्दा बढी सहायक कलाकारमा केन्द्रित भएको भन्दै प्रशंसा पाइरहेको छ । उता सलमान खानले २०१८ पछि लगातार बक्स अफिसमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् । उनी आगामी फिल्म गलवानबाट धेरै आशा राखिरहेका छन् ।

इमरान खानको कमब्याकको प्रतीक्षा
उता, इमरान खान स्वयं पनि अभिनयमा पुनरागमनको तयारीमा छन् । उनको आगामी फिल्म अधूरे हम अधूरे तुममार्फत उनी निर्देशक दानिश असलमसँग पुनः सहकार्य गर्दैछन् । यस फिल्मलाई एक डिस्फङ्सनल रोमान्टिक कमेडीका रूपमा वर्णन गरिएको छ । यसमा भूमि पेडनेकर र गुरफतेह पीरजादा पनि छन् । यद्यपि, महिनौँअघि नै छायांकन सकिए पनि अहिलेसम्म फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन ।

 

salt training

कमेन्ट गर्नुहोस्