०५ साउन २०८३, मंगलबार

पावरप्लेमा इङ्ल्यान्डविरुद्ध नेपालले दुई विकेट गुमाएर बनायो ४७ रन

माघ २५, २०८२
काठमाडौं
पावरप्लेमा इङ्ल्यान्डविरुद्ध नेपालले दुई विकेट गुमाएर बनायो ४७ रन

टी–२० विश्वकप २०२६ को पाँचौं खेल अर्थात् आफ्नो पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पावरप्लेमा दुई विकेट गुमाएर ४७ रन बनाएको छ । 

इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पच्छाउने क्रममा नेपालले ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेललाई गुमाएको हो । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भइरहेको खेलमा नेपालका ओपनर कुशल भुर्तेल १७ बलमा २९ रन बनाएर आउट भए भने आसिफ शेख ९ बलमा ७ रन बनाएर आएट भए । 

टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउदै एक सय ८४ रनको योगफल बनायो । 

इङ्ल्याडका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रनको योगदान दिए । त्यसैगरी कप्तान  ह्यारी ब्रुकले ५३, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए । 

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, र नन्दन यादवले समान दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक–एक विकेट झारे । 

नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन । 

नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ ।
  
  

 

 

salt training

कमेन्ट गर्नुहोस्