३१ असार २०८३, बुधबार

पोर्चुगलको राष्ट्रपति निर्वाचनमा नेपाली मूलका बास्तोला भए मतदान केन्द्र अध्यक्ष

माघ २६, २०८२
काठमाडौं
पोर्चुगलको राष्ट्रपति निर्वाचनमा नेपाली मूलका बास्तोला भए मतदान केन्द्र अध्यक्ष

लिस्बन - ​पोर्चुगलमा सम्पन्न  भएको ७औं राष्ट्रपति निर्वाचनमा नेपाली मूलका रमेशराज बास्तोलाले लिस्बनस्थित मतदान केन्द्रमा मतदान केन्द्र अध्यक्ष (निर्वाचन अधिकृत)को जिम्मेवारी सफलता पूर्वक पूरा गरेका छन्।

बास्तोलाले यस चुनावमा  मतदाताहरूलाई सहज र व्यवस्थित तरिकाले मतदान प्रक्रियामा सहभागी गराउन नेतृत्व प्रदान गरेका थिए। 'यो प्रवासमा मेरो पहिलो निर्वाचन अनुभव हो।

मतदान केन्द्रको अध्यक्षको रूपमा जिम्मेवारी पाउँदा म अत्यन्तै उत्साहित छु। निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन सक्नु मेरो लागि गर्वको विषय हो,' उनले भने, 'एकै दिन मतदान र सोही दिन नतिजा आएको छ, यो प्रविधिको अद्भुत प्रयोग हो । यस अवसरले निर्वाचन व्यवस्थापनको अनुभव मात्र नभई लोकतन्त्र र नागरिक सहभागीता सम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त गरेको छु।' 

स्थानीय निर्वाचन अधिकारीहरूले पनि बास्तोलाको कार्यशैलीको प्रशंसा गरेका छन् र उनको नेतृत्वमा मतदान केन्द्र सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्।  नेपाली मूलका ४१ वर्षीय बास्तोलाको जन्मघर पर्वत  हो। उनी लामो समयदेखि पोर्चुगलमा बसोबास गर्दै आएका छन्। 

null

यसैबीच, पोर्चुगलको राष्ट्रपति निर्वाचनमा सोसलिस्ट पार्टीका नेता एन्टोनियो जोजे सेगुरो विजयी भएका छन्। खराब मौसम र भीषण आँधीबीच सम्पन्न निर्णायक मतदानमा सेगुरोले सत्तरस दशमलव सात प्रतिशत मत प्राप्त गर्दै उग्र दक्षिणपन्थी उम्मेदवार तेइस दशमलव तीन प्रतिशत मतान्तरले पछि पारेका छन्।

null

निर्वाचन आयोगका अनुसार, ६३ वर्षीय सेगुरोले देशको लोकतन्त्र रक्षा र सामाजिक न्याय प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए, जसमा पोर्चुगाली जनताले स्पष्ट समर्थन दिएका छन्। पोर्चुगलमा  नेपाली समुदायको बाक्लो  उपस्थिति छ । उनीहरूको मुख्य पेशा निर्माण, होटल–रेस्टुराँ, सफाइ, कृषि र सेवा क्षेत्रसँग जोडिएको छ। धेरै नेपाली विद्यार्थी पनि पोर्चुगलमा अध्ययनरत छन्।

salt training

कमेन्ट गर्नुहोस्