०४ असार २०८३, बिहीबार

३३ किलो सुन तस्करी प्रकरण- गोरेसहित तीन जनाको जिल्लाकै फैसला सदर

माघ २६, २०८२
काठमाडौं
३३ किलो सुन तस्करी प्रकरण- गोरेसहित तीन जनाको जिल्लाकै फैसला सदर

३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याकाण्डमा मुछिएका चूडामणि उप्रेती ‘गोरे’लाई उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको छ । 

उच्च अदालत विराटनगरका न्यायाधीशहरू महेन्द्र उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले गोरेको हकमा जिल्लाकै फैसला सदर गरेको हो ।

यस्तै, नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा सजाय घटेको छ । जिल्ला अदालत मोरङले उनीहरूलाई २० वर्षको कैद सुनाएकोमा उच्च १० वर्ष मात्रै कायम गरेको छ ।  

यस्तै मदन प्रसाद घिमिरेलाई जिल्लाले ६ महिना कैदको फैसला गरेकोमा उच्चले उनलाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको सूचना अधिकारी सन्तोष पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

अभियुक्तहरू लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै फैसला सदर भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्