१२ असार २०८३, शुक्रबार

चीनले भन्यो– हामीले आणविक परीक्षण गरेका छैनौँ, अमेरिकी आरोप निराधार

माघ २६, २०८२
काठमाडौं
चीनले भन्यो– हामीले आणविक परीक्षण गरेका छैनौँ, अमेरिकी आरोप निराधार

चीनले गोप्य रूपमा आणविक परीक्षण गरेको भन्ने अमेरिकी आरोपलाई अस्वीकार गरेको छ ।

चीनले यी आरोपलाई सरासर झूट भनेको छ । अमेरिकाले आफैँ नयाँ आणविक परीक्षण सुरु गर्ने योजना बनाएको पनि चीनको आरोप छ ।

समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै चीनको विदेश मन्त्रालयले अमेरिकाको दाबी पूर्णतया आधारहीन भएको बताएको छ ।

शुक्रबार जेनेभामा भएको निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा अमेरिकाले चीनले २०२० मा आणविक परीक्षण गरेको आरोप लगाएको थियो । चीनले अन्य धेरै आणविक परीक्षण पनि गरिसकेको र भविष्यमा थप गर्ने तयारी गरिरहेको अमेरिकाको आरोप छ ।

यी आरोप अमेरिका र रुसबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धिको म्याद एक दिन अघि मात्र सकिएको समयमा लगाइएका छन् ।

अमेरिकाले अब नयाँ आणविक हतियार नियन्त्रण सम्झौताको माग गरेको छ । उसले यसमा चीन पनि समावेश हुनुपर्ने बताएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्