२४ असार २०८३, बुधबार

यस्तो छ बजेटको अर्धवार्षिक मूल्यांकन, पुँजीगत खर्च न्यून (पूर्णपाठसहित)

माघ २७, २०८२
काठमाडौं
यस्तो छ बजेटको अर्धवार्षिक मूल्यांकन, पुँजीगत खर्च न्यून (पूर्णपाठसहित)

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार  पुँजीगत खर्च न्यून भएको छ । 

आर्थिक वर्ष २०८२ र ८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख (३५.१४ प्रतिशत) खर्च भएको छ ।

विनियोजित रकममध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ ।

पुँजीगत खर्च न्यून हुनाको बारेमा प्रतिवेदनमा भनिएको छ,‘आयोजनाको पूर्व तयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षतिले पुँजीगत खर्च कम हुन गएको छ ।’

पूर्व तयारी नभएका र अनुत्पादक साना आयोजनाहरूमा विनियोजित  १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख बजेट मन्त्रिपरिषद्को निर्णय अनुसार स्थगन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमध्ये खरिद प्रक्रिया सुरु भइसकेका र विषयगत मन्त्रालयबाट औचित्य पुस्ट्याइँसहित फुकुवाका लागि अनुरोध भएको आधारमा ४२ अर्ब २८ करोड ३४ लाख फुकुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्