२१ असार २०८३, आइतबार

क्यानडाको एउटा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : नौ जनाको मृत्यु, २५ जना घाइते

माघ २८, २०८२
काठमाडौं
क्यानडाको एउटा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : नौ जनाको मृत्यु, २५ जना घाइते

पश्चिमी क्यानडामा एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको अन्धाधुन्ध गोलीबारीमा कम्तिमा नौ जनाको मृत्यु भएको छ। 

रोयल क्यानेडियन एयर फोर्सका अनुसार उत्तरपूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर रिज माध्यमिक विद्यालयमा छ जनाको शव फेला परेको छ। अस्पताल लैजाँदै गर्दा अर्का एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीले दुई जनाको शव अर्को स्थानमा फेला परेको बताएको छ, जुन प्रहरीले सोही घटनासँग जोडिएको विश्वास गर्दछ। गोलाबारीमा लगभग २५ जना घाइते भएका छन्।

प्रहरीले गोलीबारी गर्ने व्यक्तिको पनि शव बरामद भएको दाबी गरेको छ । 

यो दशकौंपछि देशको सबैभन्दा घातक सामूहिक गोलीबारीमध्ये एक हो । क्यानडामा अमेरिकाको तुलनामा कडा बन्दुक नियन्त्रण कानुन भएका कारण यस्ता सामूहिक गोलीकाण्डका घटना निकै दुर्लभ मानिन्छन् । 

दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त मानिने टम्बलर रिज सहरलाई स्तब्ध बनाएको छ। 

करिब दुई हजार चार सय जनसंख्या रहेको यो पहाडी सहरमा भएको घटनापछि प्रहरीले थप घरहरूको खानतलासी गरिरहेको समाचारमा उल्लेख छ । प्रहरीले हाललाई सर्वसाधारणका लागि कुनै खतरा नरहेको स्पष्ट पारेको छ । यसअघि जारी गरिएको घरभित्रै सुरक्षित बस्न दिइएको आदेश पनि साँझतिर हटाइएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्