१६ असार २०८३, मंगलबार

सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ २८, २०८२
काठमाडौं
सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे र बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सागरनाथ वन विकास परियोजनाको व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको ४७ लाख २८५ घनमिटर वन पैदावार (नदीजन्य पदार्थ)को रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको उजुरीका आधारमा छानबिनपछि मुद्दा दायर गरिएको हो ।​​​

आयोगले घिमिरे र थापा​का साथै सागरनाथ वन विकास परियोजनाका तत्कालीन निमित्त परियोजना प्रमुखहरू देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलालप्रसाद कलवार, तत्कालीन सहायक वन अधिकृत चन्द्रकुमारी श्रेष्ठ, तत्कालीन सहायक वन अधिकृत शिवेन्द्रप्रसाद चौधरी, कार्यालय प्रमुख जितेन्द्र कर्माचार्य र सहायक वन अधिकृत भोला यादवलाई पनि प्रतिवादी बनाएको छ । 

यसैगरी बागमती नगरपालिकाका नगर उपप्रमुख लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालीन इन्जिनियर सागर पौडेललाई पनि प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोगले उनीहरूविरुद्ध जनही ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ ९९ पैसा बिगो कायम गरेर कैद र चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना सजायको मागदाबी गरेको छ ।

यस्तो छ अभियोग पत्र : 

salt training

कमेन्ट गर्नुहोस्