०३ असार २०८३, बुधबार

चन्द्रागिरिबाट पेस्तोलसहित १ जना पक्राउ​

फागुन १, २०८२
काठमाडौं
चन्द्रागिरिबाट पेस्तोलसहित १ जना पक्राउ​

काठमाडौंको चन्द्रागिरिबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका २ बस्ने ३० वर्षीय केयुर पुरी छन् । उनलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट मेड इन यूएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्डसहित पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्