२६ असार २०८३, शुक्रबार

महाशिवरात्रिमा यस्तो देखियो पाशुपत क्षेत्र [ड्रोन तस्वीर]

फागुन ३, २०८२
काठमाडौं
महाशिवरात्रिमा यस्तो देखियो पाशुपत क्षेत्र [ड्रोन तस्वीर]

आज आइतबार हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । 

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ । 

यस दिनलाई विशेषगरि दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ । आज महाशिवरात्रि पशुपतिनाथ दर्शन गर्न  साधुसन्तहरूको चहलपहल बढेको छ । 

मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बसेका छन् भने पशुपतिनाथको दर्शनका लागि भक्तजन बिहानैदेखि लाइन लगेका छन् ।

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्