२८ जेठ २०८३, बिहीबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फागुन ४, २०८२
काठमाडौं
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

सुन तीन हजारले र चाँदी १२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।

साताको पहिलो दिन हिजो आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ८६० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्