२० असार २०८३, शनिबार
टी–२० विश्वकप

सुखद् बहिर्गमनको लक्ष्यमा नेपाल

फागुन ५, २०८२
काठमाडौं
सुखद् बहिर्गमनको लक्ष्यमा नेपाल

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्यान्डसँग खेल्दैछ ।

खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरू हुनेछ ।

नेपालले समूह सीमा रहेर सम्पूर्ण खेल वानखेडे मैदानमा खेल्ने अवसर पाएको हो । नेपालले समूह चरणको अन्तिम खेल नि वानखेडेमै खेल्दै छ ।

नेपाली टोली आजको खेलमा जित निकाल्दै सुखद बहिर्गमन हुने लक्ष्यमा छ । नेपाल समूहको सबैभन्दा कमजोर र खराब प्रदर्शन गरेको टोली हो ।

स्कटल्यान्डले इटालीविरुद्ध जीत हात पारेको थियो । यस समूहबाट वेस्ट इन्डिज र इङ्ल्यान्ड सुपर आठमा पुगिसकेका छन् । 

सुपर आठको लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपाली टोली यसअघि लगातार तीन खेलमा पराजित हुँदै एक खेलअगावै विश्वकपबाट बाहिरिसकेको छ । तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटले पराजित भएपछि नेपालको सुपर आठ यात्रा औपचारिक रूपमा टुंगिएको हो ।

यस संस्करणमा नेपाललाई सुपर आठमा स्थान बनाउने राम्रो अवसर देखिएको थियो । विशेषगरी पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि समर्थकहरू आशावादी बनेका थिए । जित नजिक पुगेको खेल नेपालले खराब फिनिसिङका कारण ४ रनले गुमाएको थियो । तर, त्यसपछि नेपालको प्रदर्शन निराशाजनक बन्यो । 

दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्नुपर्‍यो । नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभरमै पूरा गरेको थियो । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा कमजोर प्रदर्शन देखिएको थियो । लगातार खराब प्रदर्शनपछि समर्थकहरू निराश बनेका छन् । 

नेपालले हालसम्म तीनपटक टी-२० विश्वकप खेलेको छ र तीनैपटक समूह चरण पार गर्न सकेको छैन । सन् २०१४ र २०२४ पछि यस संस्करणमा पनि नेपाल समूह चरणमै रोकिएको हो । सन् २०१४ मा नेपालले अफगानिस्तान र हङकङलाई हराए पनि नेट रनरेटका आधारमा अघिल्लो चरण पुग्न सकेन । सन् २०२४ मा भने दक्षिण अफ्रिकासँग १ रनको झिनो हार बेहोरेपछि नेपाल बाहिरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्