२४ असार २०८३, बुधबार

टी-२० विश्वकप : लगातार तेस्रो जितसँगै श्रीलंका सुपर ८ मा, जिम्बाब्वेको हारमा अडियो अस्ट्रेलिया आशा

फागुन ५, २०८२
काठमाडौं
टी-२० विश्वकप :  लगातार तेस्रो जितसँगै श्रीलंका सुपर ८ मा, जिम्बाब्वेको हारमा अडियो अस्ट्रेलिया आशा

आइसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले अर्को हार बेहोरेको छ। तेस्रो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै अस्ट्रेलियाली टोली प्रतियोगिताबाट लगभग बाहिरिएको छ । अब, उनीहरूको आशा जिम्बाब्वेको हारमा अडिएको छ । मंगलबारको खेलमा जिम्बाब्वेले आयरल्याण्डलाई पराजित गरेमा अस्ट्रेलिया बाहिरिनेछ।

पल्लेकेले स्टेडियममा सोमबार साँझ श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । अस्ट्रेलिया २० ओभरमा १८१ रनमा अलआउट भएको थियो। श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर १८२ रनको लक्ष्य हासिल गर्‍यो । पथुम निसान्काले ५२ बलमा १०० रनको अविजित इनिङ खेले, जसमा १० चौका र ५ छक्का समावेश थिए । निसान्काले प्रतियोगिताको पहिलो शतक बनाए । कुसल मेन्डिसले ५१ रन बनाए। मार्कस स्टोइनिसले दुई विकेट लिए।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ५६ र मिचेल मार्शले ५४ रन बनाएका थिए । उनीहरूले शतकीय साझेदारी गरेका थिए। जोश इङ्गलिसले २७ र ग्लेन म्याक्सवेलले २२ रन बनाए। दुष्मन्थ हेमन्थले तीन विकेट लिए। दुष्मन्थ चामिराले दुई विकेट लिए। 

टी-२० विश्वकप २०२१ को च्याम्पियन अस्ट्रेलिया समूह बी अंक तालिकामा तेस्रो स्थानमा छ भने जिम्बाब्वे चार अंक र १.९८४ को नेट रन रेटसहित दोस्रो स्थानमा छ । जिम्बाब्वेले मंगलबार आयरल्याण्डसँग सामना गर्नेछ। यदि जिम्बाब्वेले यो खेल जित्यो भने, उनीहरू सुपर ८ मा पुग्नेछन् र अष्ट्रेलियाको यात्रा समाप्त हुनेछ। अष्ट्रेलियाले आफ्नो अन्तिम खेल ओमानसँग खेल्नुपर्नेछ । श्रीलंका छ अंक र २.४६२ को नेट रन रेटसहित शीर्ष स्थानमा छ।

null

टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने पाँच टिमको टुंगो लागेको छ । प्रतियोगिताको १०औँ दिन सोमबार भएका तीन खेलको नतिजासँगै सुपर–८ खेल्ने आठ टिममध्ये पाँच टिम तय भएका हुन् । हालसम्म प्रतियोगिताको समूह ‘ए’ बाट भारतले सुपर–८ मा स्थान बनाएको छ । यस्तै, समूह ‘बी’ बाट श्रीलंकाले स्थान बनाउँदा समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर–८ मा प्रवेश गरेका छन् । यसैगरी समूह ‘डी’ बाट दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्