१७ असार २०८३, बुधबार

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

फागुन ५, २०८२
काठमाडौं
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । 


सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्