
अमेरिकी नागरिक अधिकार आन्दोलनका प्रख्यात नेता रेभरेन्ड जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा निधन भएको छ।
परिवारका अनुसार मंगलबार बिहान उनको निधन भएको हो। उनी लामो समयदेखि मस्तिष्क र स्नायुसम्बन्धी जटिल रोगबाट पीडित थिए।
मार्टिन लुथर किङ जुनियरका सहयात्री ज्याक्सन सन् १९८४ र १९८८ मा अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका थिए। पूर्व राष्ट्रपति बाराक ओबामाले ज्याक्सनलाई श्रद्धाञ्जली दिँदै उनले नै अश्वेत व्यक्तिको राष्ट्रपतीय यात्राको आधार तयार गरेको बताएका छन्।