१० साउन २०८३, आइतबार

पशुपतिमा प्रहरीलाई आक्रमण गर्ने युवक पक्राउ

फागुन ६, २०८२
काठमाडौं
पशुपतिमा प्रहरीलाई आक्रमण गर्ने युवक पक्राउ

डिउटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । 

उनले शिवरात्रिका दिन पशुपतिमा डिउटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर उनको पहिचान भएको थियो ।

मंगलबार प्रहरीले एक सूचना जारी गर्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग मागेको थियो । 

श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको जानकारी दिँदै प्रहरी परिसर काठमाडौंका एसपी, पवन कुमार भट्टराईले प्रहरी वृत्त गौशालामार्फत् कानूनी कारबाही अघि बढाइने बताए । 

salt training

कमेन्ट गर्नुहोस्