११ साउन २०८३, सोमबार

खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

फागुन ७, २०८२
काठमाडौं
खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

 नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीहरूलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ । पार्टी सभापति गगनकुमार थापाले बिहीबार सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा यस्तो उल्लेख गरिएको छ । 

प्रतिज्ञापत्रमा भनिएको छ ‘गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताहरूमा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको खेलकूद क्षेत्रको विकास गर्न कानुनी व्यवस्था गर्छौं ।’ 

पछिल्लो समय नेपाली राष्ट्रिय टिमका खेलाडीहरूको विदेश पलाएन भइरहेकोतर्फ सचेत रहँदै नेपालको खेलकुद विकासमा यसले सार्थकता प्रदान गर्ने अपेक्षा आम खेलप्रेमीले गरेका छन् ।

विश्वका अन्य देशहरूमा बाहिरका खेलबाडीहरूले देशको प्रतिनिधित्व गरिरहेका बेला नेपालमा भने यो व्यवस्था नहुँदा डायस्पोरामा दोस्रो तेस्रो पुस्ताका युवा खेलबाडीहरूले देशको प्रतिनिधित्व गर्न पाएका छैनन् । 

यसका लागि विद्यमान खेलकुद विकास ऐन पनि संशोधन गर्नु पर्ने कांग्रेसको प्रतिज्ञा पत्रमा लेखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्