२१ जेठ २०८३, बिहीबार

राम्रो उम्मेदवार भन्दै मतदाताको सद्‌भाव पाएको छु, चुनाव जित्छु– देवेन्द्र पौडेल [भिडियो कुराकानी]

फागुन ८, २०८२
काठमाडौं
राम्रो उम्मेदवार भन्दै मतदाताको सद्‌भाव पाएको छु, चुनाव जित्छु– देवेन्द्र पौडेल [भिडियो कुराकानी]

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता देवेन्द्र पौडेल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । पार्टी संगठन विस्तारका क्रममा लामो समय नवलपरासीमा काम गरेका पौडेल स्थानीय मतदाताबीच भिजेका उम्मेदवार हुन् ।

नवलपरासीको विकासमा विभिन्न ढंगले सहभागी भएका पौडेल मतदाताले आफूप्रति सहानुभूति र सद्भाव राखेको बताउँछन् । चुनावी घरदैलोमा व्यस्त रहेका पौडेलले बिहीबार सुनवलमा लोकान्तरसँग कुरा गर्दै विकास निर्माणका आफ्ना एजेण्डा मतदाताले मन पराइरहेको बताए ।

‘जनताले विकास र जीवनस्तरका कुरा उठाइरहेका छन् । प्रत्येक गाउँमा जाने बाटोघाटोको कुरा र दुवै निर्वाचन क्षेत्रलाई जोडेर रिङरोड बनाउने अवधारणा अगाडि सारेको छु,’ पौडेलले भने ।

पौडेलले करिडोर सडकमा उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र ती उद्योगमा स्थानीयलाई रोजगारीको सुनिश्चितताका लागि नीतिगत व्यवस्था गर्ने चुनावी एजेण्डा रहेको बताए ।

पौडेलले नवलपरासीलाई चलायमान बनाउन महेशपुर नाकादेखि पूर्व-पश्चिम हुँदै मध्यपहाडी राजमार्ग भएर कालीगण्डकी करिडोरबाट उत्तर-दक्षिण कनेक्टिभिटी जोड्ने आफ्नो एजेण्डा रहेको बताए ।

आफू मन्त्री र सांसद नभएको बेलामा पनि नवलपरासीको विकाससँग जोडिएकाले चुनाव जित्न सहज हुने उनले बताए ।

पौडेलका चुनावी एजेण्डा के छन् ? मतदाताले के प्रश्न गरिरहेका छन् ? नयाँ दल र उम्मेदवारले कत्तिको चुनौती दिइरहेका छन् ?

यीलगायत नवलपरासी २ को चुनावी अभियानबारे पौडेलसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :

 

salt training

कमेन्ट गर्नुहोस्