०२ असार २०८३, मंगलबार

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

फागुन ८, २०८२
बुटवल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार झण्डा जलाएको आरोपमा शुक्रबार तुलसीपुर-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले घटनामा संलग्न अन्यको खोजी भइरहेको जानकारी दिए । 

दाङको तुलसीपुरस्थित वीरेन्द्र चोकमा भएको रास्वपा समर्थकको भेलामा बिहीबार केही व्यक्तिले एमालेविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएको थिए ।

रास्वपाले भने, सो घटनामा आफ्नो संलग्नता नभएको र दोषीलाई छानबिनको दायरामा ल्याउन आग्रह गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेले झण्डा जलाउने रास्वपाको चरित्र नभएको बताएका छन् । 

एमालेले भने रास्वपाले आफ्नो झण्डा जलाएको विरोधमा शुक्रबार साँझ देशका विभिन्न जिल्लामा राँके जुलुस निकालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्