
काठमाडौंमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका–९ का ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीय मायानाथ वाग्ले चितुवाको आक्रमणबाट घाइते भएका छन् ।
पहिले उनीहरूलाई आक्रमण गरेको चितुवा एक घरमा प्रवेश गरेको थियो । घरभित्र बसेको अवस्थामा नियन्त्रण प्रयास गर्दा अर्का एक जना; बुद्ध लामा घाइते भएका छन् ।
घरभित्र चितुवा नियन्त्रणका लागि प्रहरी र काठमाडौं डिभिजन वनका कर्मचारी समयमै नआएपछि चितुवा नियन्त्रण गर्न घर भित्र पसेका लामालाई चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट उनको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको अहिले शुभम् अस्पताल उपचार भइरहेको छ ।
अहिले उक्त चितुवालाई नियन्त्रणमा लिइएको छ । स्थानीय, प्रहरी र काठमाडौं डिभिजन वन कार्यालयको टोलीले चितुवालाई नियन्त्रणमा लिएको हो ।