
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव तमासा र नाटक मात्र भएको बताएका छन् ।
पार्टीको सदस्यता नवीकरण कार्यशालालाई बुधबार राजधानीमा सम्बोधन गर्दै ओलीले चुनावी परिणाम पहिलेदेखि नै निर्धारित रहेको जिकिर गरेका हुन् ।
ओलीले चुनावमा प्रयोग भएको मसीका सम्बन्धमा पनि प्रश्न उठाए । 'चुनावमा लगाइएको मसी घर पुग्दा रङ उडिसकेको थियो । ब्यालेट पेपरमा के भएको होला ? यी छानबिनका विषय हुन्,' ओलीले भने, 'यही परिणामका लागि चुनाव गराइएको थियो । हामीले बुझेका थियौं ।'
यो छानबिन गर्नुपर्ने विषय भएको उनको दाबी छ ।