२२ जेठ २०८३, शुक्रबार

पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

फागुन ११, २०८२
काठमाडौं
पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश
फाइल तस्वीर

सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा नष्ट भएका मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार मुद्दाको मिसिल झिकाउन आदेश दिएको हो । 

यसअघि साउन २० देखि  यो मुद्दा ‘हेर्दाहेर्दै’ मा रहेको थियो । तर, सोमबार सर्वोच्चले २४ को आगजनीका कारण नष्ट भएको मिसिल झिकाउने आदेश दिएको हो । 

मिसिल संकलन भएपछि अदालतले नयाँ पेसी तोकेर सुनुवाइ अघि बढाउनेछ ।

गुणस्तरहीन पुल निर्माण गरेको अभियोगमा विशेष अदालतले हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई दोषी ठहर गर्दै जनही साढे तीन करोड रुपैयाँ जरिवाना गरेको थियो । उक्त फैसलाविरुद्ध रौनियारसहित ८ जनाले सर्वोच्चमा पुनरावेदन गरेका छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै ११ जनाविरुद्ध पुनरावेदन दर्ता गरेको छ । दुवै पक्षको पुनरावेदनलाई एकसाथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्