१२ साउन २०८३, मंगलबार

तनहुँमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

साउन ८, २०८३
काठमाडौं
तनहुँमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

तनहुँमा माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

व्यास नगरपालिका १२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग प्र ०१–००१ ख ०१७१ नम्बरको हाइस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

हाइसमा सवार १२ जनामध्ये ४ जना सकुशल रहेका छन् भने ८ जना घाइते भएका हुन् ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्