२८ जेठ २०८३, बिहीबार

नेप्से परिसूचकमा सामान्य सुधार,५ अर्ब १३ करोड ८६ लाखको कारोबार

फागुन ११, २०८२
काठमाडौं
नेप्से परिसूचकमा सामान्य सुधार,५ अर्ब १३ करोड ८६ लाखको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा समान्य अंकको सुधार देखिएको छ । आज सोमबार नेप्से परिसूचक दुई दशमलव ४१ अंकले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ ।

आज ३२९ कम्पनीको एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ बराबरको कारोबार भएको छ । 

बैंकिङ शून्य दशमलव २८, विकास बैंक शून्य दशमलव ९०, वित्त शून्य दशमलव ५६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । 

होटल तथा पर्यटन शून्य दशमलव ३५, जलविद्युत् शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ । 

salt training

कमेन्ट गर्नुहोस्