१४ असार २०८३, आइतबार

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, बिरामीसहित सात जनाको मृत्यु

फागुन १२, २०८२
काठमाडौं
झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, बिरामीसहित सात जनाको मृत्यु

भारतको झारखण्डबाट दिल्लीका लागि उडान भरेको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । चत्रा जिल्लामा भएको दुर्घटनामा विमानमा सवार सबै सात जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ । रेडबर्ड बीचक्राफ्ट किङ एयर बी९० एल एउटा एयर एम्बुलेन्स थियो ।

सोमबार साँझ रांचीबाट उडान भरेको विमान झारखण्डको चत्रा जिल्लाको समरियाको जंगलमा दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ । 

विमानमा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह (सह-पाइलट), संजय कुमार (बिरामी), अर्चना देवी (परिवार सदस्य), धुरु कुमार (परिवार सदस्य), विकास कुमार गुप्ता (डाक्टर), र सचिन कुमार मिश्रा (प्यारामेडिकल स्टाफ) सवार थिए ।

विमान बिरामीलाई उपचारको लागि दिल्ली लैजाँदै थियो। तर, दुर्घटनामा बिरामीसँगै सबैको मृत्यु भयो ।
 

salt training

कमेन्ट गर्नुहोस्