२३ असार २०८३, मंगलबार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

फागुन १२, २०८२
काठमाडौं
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै प्रसाईंलाई छाड्न आदेश दिएको हो । 

प्रसाईं यही फागुन ४ गते भक्तपुरबाट पक्राउ परेका थिए । निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेपछि उनी पक्राउ परेका थिए । 

उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्