०९ साउन २०८३, शनिबार

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

फागुन १२, २०८२
पाँचथर
जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने बताएका छन्।

उज्यालो नेपाल पार्टीले आज पाँचथरको फिदिममा आयोजना गरेको ‘उज्यालो युग घोषणासभा’ मा उनले जलविद्युत्को व्यापक विकासमार्फत विदेशी मुद्रा आर्जन र स्वदेशमा कृषि तथा उत्पादन बढाइ समृद्धि हासिल गर्न सकिने बताए।

अध्यक्ष घिसिङले भारत तथा बङ्गलादेशमा विद्युत् बिक्रीमार्फत मुलुकले लाभ लिन थाल्नु यसैको उदाहरण भएको उल्लेख गरे। पूर्वी नेपाल जलविद्युत् उत्पादनका लागि भण्डारका रूपमा रहेको भन्दै उनले तमोर जलाशययुक्त आयोजना निर्माणमार्फत पूर्वी पहाडको मुहार फेर्न सकिने बताए।

अध्यक्ष घिसिङले भने, “विद्युत् उत्पादन बढाइ स्वदेशमा उद्योग स्थापना र सञ्चालन तथा कृषि क्षेत्रमा बढीभन्दा बढी उपयोग गर्ने वातावरण बनाउनुपर्छ। मेरै योजनामा लोडसेडिङ अन्त्य गर्ने, जलविद्युत् आयोजनामा स्थानीयवासीले शेयर पाउने व्यवस्था गर्नेजस्ता व्यवस्था गरिएकाले अब त्यसको थप कार्यान्वयन गर्न लाग्छौँ।”

उनले कृषि उपजको न्यूनतम समर्थन मूल्य र उत्पादनको संरक्षणमार्फत कृषिमा रोजगारी वृद्धिका लागि पनि आफ्नो दलले घोषणापत्रमार्फत स्पष्ट खाका ल्याएको बताए। कार्यक्रममा उक्त दलका उम्मेदवार डा महेन्द्र लावती, टेकबहादुर सुब्बालगायतले सम्बोधन गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्