
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन् ।
बूढानीलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले महामन्त्री पौडेललाई जितको शुभकामना दिएका हुन् ।
भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिँदै 'अल द बेस्ट' भनेका थिए ।
महामन्त्री पौडेल काठमाडौं ५ का विभिन्न क्षेत्रमा मतदाता माझ घरदैलोमा सक्रिय छन् । यस क्रममा बुधबार उनले बूढानीलकण्ठ नगरपालिका ६ का भद्रकाली, खड्का टोल, इटाली टार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोकलगायतका ठाउँमा घरदैलो गरेका थिए ।
यसैगरी बूढानीलकण्ठ ४ का शिव मन्दिर, सुनाखरी टोल, चपली कार्की गाउँ लगायतका ठाउँमा घरदैलो गरेका थिए ।