![पुनः सञ्चालनमा आयो जेनजी आन्दोलनमा ध्वस्त बनेको महाराजगञ्ज भाटभटेनी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Maharajgunj_Bhatbhateni_9_ZWPi1ZROfd.jpg)
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालन गरिएको हो ।
आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको सुपरमार्केटको भवनमा करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।
तस्वीरहरू :



















