
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले झापा ५ मा कसैसँग सहकार्य नहुने बताएका छन् ।
झापा ५ का उम्मेदवार रञ्जित तामाङलाई बिहीबार मध्यान्ह टेलिफोनमार्फत उनले झापा ५ कसैलाई नछाड्ने बताएका नेकपा युवा नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
'अहिले भर्खर संयोजक प्रचण्डले झापा ५ का उम्मेदवार रञ्जित तामाङलाई फोनमा भन्नुभयो- झापा ५ मा हामी कसैलाई छाड्दैनौं । सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो। सबै अफबाहहरू शतप्रतिशत गलत हुन्,' उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।