३२ असार २०८३, बिहीबार
सुर्खेतमा गगन

बदलिएको कांग्रेसले देश बदल्छ, दुर्घटनामा पर्न दिँदैन : गगन थापा

फागुन १४, २०८२
काठमाडौं
बदलिएको कांग्रेसले देश बदल्छ, दुर्घटनामा पर्न दिँदैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसले देशलाई दुर्घटनामा पर्न नदिने बताएका छन् ।

कांग्रेसले बिहीबार सुर्खेतमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले बदलिएको कांग्रेसले देश बदल्ने बताएका हुन् ।

'हिजो भएका कमीकमजोरीलाई मिल्काउँदै आएका छौं, सफा गर्नुपर्ने ठाउँमा सफा गर्दै, सच्चिनुपर्ने ठाउँमा सच्चिएर, दह्रोसँग उभिएर आएका छौं,' उनले भने, 'कांग्रेस बदलेर आएका छौं, देश बदल्ने संकल्प लिएर आएका छौं, बदल्छौं, सुधार्छौं तर दुर्घटना हुन दिन्नौं ।'

आगामी पाँच वर्ष देशलाई द्वन्द्वमा जान नदिने उनले बताए ।

नयाँ-नयाँ भन्नेहरूको भुलभुलैयामा नपरी देशले पाएको मौकालाई खेर नफाल्ने उनले आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्