२० असार २०८३, शनिबार

लाइसेन्सको परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन १४, २०८२
काठमाडौं
लाइसेन्सको परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल फोटो

यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोकबहादुर सुनारसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याएको भन्ने उजुरीमाथि अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आयोगले उनीहरूलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

यस्तो छ अभियोगपत्र :

salt training

कमेन्ट गर्नुहोस्